२१ बैशाख २०८१, शुक्रबार

माधव नेपाल र महन्थ ठाकुरको दल दर्ता आजै


माधव नेपाल र महन्थ ठाकुर

निर्वाचन आयोगले माधव नेपाल र महन्थ ठाकुरको दल आज बुधबार दर्ता गर्ने तयारी गरेको छ । नयाँ दल दर्ताका लागि निवेदन दिएका नेपालको दल ‘नेकपा एकीकृत समाजवादी’ र ठाकुरको दल ‘लोकतान्त्रिक समाजवादी पार्टी’लाई आवश्यक प्रक्रिया पु-याएर आयोगले बुधबार नै दर्ता गर्ने तयारी गरेको हो ।

निर्वाचन आयोग उच्च स्रोतका अनुसार आयोगले सनाखतसहित आवश्यक सबै प्रक्रिया बुधबार नै पु¥याउने र दल दर्ताको निर्णय गर्ने भएको हो । ‘आयोग सचिवालयले दल दर्ताको काम अगाडि बढाइसकेको छ, बुधबार सनाखत सक्छौंं र दर्ताको निर्णय पनि बुधबार नै गर्छौं,’ आयोग उच्च स्रोतले मंगलबार भन्यो ।

आयोगले नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिँदा नाम समावेश गरेका पदाधिकारी र केन्द्रीय सदस्य तथा सांसदहरूलाई बुधबार ११ बजेबाट २ बजेसम्म सनाखतका लागि बोलाइएको जनाएको छ ।

आयोगले नयाँ दल दर्ताको प्रक्रियामा आवश्यक पर्ने कानुनी व्यवस्थाअनुसार दुवै दलकातर्फबाट दल दर्ताका लागि निवेदन दिँदा पक्षमा रहेर हस्ताक्षरसहित नाम बुझाएका केन्द्रीय सदस्य र सांसदलाई सनाखतमा हाजिर हुन भनेको हो ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले केन्द्रीय सदस्यलाई नागरिकता वा मतदाता परिचयपत्र र सांसदलाई संसद् सचिवालयले जारी गरेको परिचयपत्रसहित आयोगमा सनाखतका लागि बोलाएको जानकारी दिए ।

नेपालको प्रस्तावित दलमा पुरानो दल एमालेबाट ५७ जना केन्द्रीय सदस्यको नाम बुझाइएको छ । त्यसमध्ये ५५ जनाले मात्रै हस्ताक्षर गरेका छन् ।

अध्यादेशअनुसार एमालेको केन्द्रीय कमिटीको कुल २ सय ३ संख्यामध्येको २० प्रतिशत अर्थात् ४१ जना जना सदस्य नयाँ दल खोल्न नेपाल समूहले आयोगमा पु-याउनुपर्नेहुन्छ ।यो समाचार राजधानी दैनिकमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !