२२ बैशाख २०८१, शनिबार

चारजना सचिवमा बढुवा


प्रधानमन्त्री ओलीद्वारा नेपालकै पहिलो तरल अक्सिजन प्लान्टको शिलान्यास

काठमाडौं । नेपाल सरकाले चार जनालाई सचिवमा बढुवा गरेको छ। बिहीबारको मन्त्रिपरिषदको बैठकले वरिष्ठ सहसचिव गणेशप्रसाद पाण्डे, डो. दामोदर रेग्मी, प्रमिला बज्राचार्य र डा. कृष्णप्रसाद आचार्यलाई सचिवमा बढुवा गरेको छ।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बढुवा सिफारिस समितिको बैठकले उनीहरुको नाम सिफारिस गरेको थियो। कृषि तथा वन सेवातर्फ वरिष्ठ सहसचिव डा। आचार्यलाई सचिवमा बढुवा गरेको हो । बढुवा समितिले कृषि तथा वन सेवा तर्फ वरिष्ठ सहसचिवत्रय डा। प्रसाद आचार्यसहित निरु दाहाल पाण्डे र दीपक खरालको नाम सिफारिस गरेको थियो।

इन्जिनियरिङ सेवातर्फ प्रमिला बज्राचार्यलाई बढुवा गरिएको छ। इन्जिनियरिङ सेवातर्फ बज्राचार्यसहित सुशिलचन्द तिवारी र गोपालप्रसाद सिग्देलको नाम सिफारिस गरिएको थियो।

प्रशासन सेवाका तीन वरिष्ठ सहसचिवमध्ये पहिलो नम्बरमा सिफारिस पाण्डेलाई सचिवमा बढुवा गरिएको छ। यो समाचार अन्नपूर्ण पोस्मा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !