२३ बैशाख २०८१, आइतबार

महामारीमा कालोबजारी : मूल्य चढ्यो आकाश, निचोरिँदै जनता


तरकारी

काठमाडौं । अघिल्लो वर्षको लकडाउनमा राजधानीमा तरकारीको मूल्य निकै घटेको थियो । सर्वसाधारणले यसपालि पनि त्यही सोचेका थिए । तर, भयो उल्टो । यसबीच उपभोक्ता ठग्न पल्किएका कालो बजारियाले यसपालि साबिकभन्दा बढाएका छन् ।

गाउँमा किसानले मूल्य पाएका छैनन् । तरकारी कुहेका र फालिएका छन् । कौडीका भाउमा उठाएर ल्याउने व्यापारीले सहरमा उपभोक्तालाई निचोरेर मूल्य लिइरहेका छन् । यसको वास्तविक अनुगमन भएको भने पाइएको छैन ।

खाद्यान्न र अन्य उपभोग्य वस्तुको हालत उस्तै छ । महामारीलाई दुरुपयोग गर्दै सबैजसो सामानको अस्वाभाविक र असामयिक मूल्य बढेको छ । बजारमा अहिले माग घटेको छ । यस्तो अवस्थामा मूल्य घट्नुपर्ने हो । तर, अत्यधिक नाफा खाने मोहमा झन् बढाइएको छ । यो छाडापनमा राज्य भने मौन बसेको छ । महामारीका कारण उत्पन्न संकटलाई मौकाको फाइदा उठाउँदै कार्टेलिङ र कालोबजारीका कारण मूल्य र गुणस्तरमा सर्वसाधारण ठगिनुका साथै महँगीको मारमा परेका हुन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !