२३ बैशाख २०८१, आइतबार

सेयर बजारमा चलखेल नगर्न आग्रह


नेप्से

काठमाडौं । पछिल्लो समय सेयर बजारमा प्रवेश गर्नेको सक्रियतासँगै सेयर खरिद बिक्री गर्न उत्साहित गराउने उद्देश्यले अनावश्यक विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत सूचना सम्प्रेषण नगर्न नियामक नेपाल धितोपत्र बोर्डले ध्यानाकर्षण गराएको छ ।

कोरोना सङ्क्रमण एकाएक बढ्न थालेपछि वैशाख १६ गतेयता गरिएको निषेधाज्ञाले प्रायः सबै क्षेत्र ठप्प छन् । यद्यपि सेयर बजार भने चलिरहेको छ । बोर्डले सेयर खरिद बिक्री गर्न उत्साहित गराउने उद्देश्यले सूचना सम्प्रेषण नगर्न तथा नगराउन, यस्ता अभिव्यक्ति पनि नदिन सरोकारवाला पक्षहरुलाई सार्वजनिक सूचना जारी गर्दै निर्देशन दिएको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !