१५ असार २०८१, शनिबार

जवाफ पठाएको साता नाघिसक्यो, आयोगलाई निर्णय दिन सकस


निर्वाचन आयोग File Photo

काठमाडौं । नेकपाको दुवै पक्षले पार्टीमा गरेको हेरफेरको विवरण अद्यावधिकका लागि दिएको निवेदनउपर आयोगले अझैसम्म केही निर्णय लिएको छैन । आयोगले पुस २३ मा दुवै पक्षलाई ७ दिनको समय दिएर थप स्पष्टताको माग गर्दै पत्र पठाएको थियो ।आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले पुस २९ मा आयोगलाई जवाफ पठाएका थिए । आयोगलाई पठाएको जवाफमा दुवै पक्षले आफ्नो समूहले बोलाएको केन्द्रीय कमिटी बैठक र त्यसले गरेका निर्णय वैधानिक रहेको दाबी गरेका छन् ।

दुवैले आफ्नो पक्षको निर्णयलाई आधिकारिक मान्न र त्यसैअनुसारको विवरण दल दर्ता किताबमा अद्यावधिक गरिदिन माग दाबी गरेका छन् ।दुवै पक्षबाट जवाफ आएको साता नाघिसकेको छ तर आयोगले निर्णय दिएको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !