९ कार्तिक २०७७, आईतवार

दाहालले बेग्लै पार्टी सञ्चालन गर्न खोजेको आभास दिइरहेका छन् : ओली



केपी शर्मा ओली

कात्तिक २, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले बेग्लै पार्टी सञ्चालन गर्न खोजेको आभास दिइरहेको आरोप लगाएका छन् । बालुवाटारमा शनिबार दिउँसो कर्णाली प्रदेशका नेताहरुलाई बोलाएर छलफल गर्ने क्रममा प्रधानमन्त्री ओलीले दाहालमाथि त्यस्तो आरोप लगाएका हुन् ।

‘एउटै पार्टीका नेताहरुलाई उहाँले बेग्लाबेग्लै भेट गर्नुभयो । समस्या हो, समस्या छ भने त्यसलाई सम्बोधन गर्न सामुन्नेमा राखेर छलफल गर्नुपर्छ । उहाँले त्यसो गर्नुभएन र आज यहाँ बोलाएको पनि आउनुभएन । यसले सन्देश राम्रो जाँदैन,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै छलफलमा सहभागी एक नेताले भने ।

‘विवाद समाधानका लागि आएका एउटै पार्टीका नेतालाई छुट्टाछुट्टै भेटघाट गर्दा छुट्टै पार्टी सञ्चालन गरेको आभास भयो । खैर केही छैन, हामी दुवै जना बस्छौँ र तपाईंहरुको समस्यालाई समाधान गर्छौं ।’

दाहालले बिहीबार र शुक्रबार बेग्लाबेग्लै समूहमा कर्णालीका नेताहरुसँग छलफल गरेका थिए । शनिबार ओलीले कर्णालीका नेताहरुसँग छलफल गर्ने क्रममा दाहाललाई पनि बालुवाटार बोलाएका थिए, तर गएनन् । आजको नागरिक दैनिकमा समाचार छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

चितवन, कार्तिक ९ । चितवन जिल्लामा थप १४६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजको

काठमाडौँ, कार्तिक ९ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी

काठमाडौँ, कार्तिक ९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्वमन्त्री जनार्दन शर्मालाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण

पोखरा, कार्तिक ९ । गण्डकी प्रदेश कास्की जिल्लाको पाेखरा महानगरपालिकामा थप ४ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ ।