४ जेष्ठ २०८१, शुक्रबार

निको भइसकेका मानसिक रोगीमा पुनः समस्या बल्झिन थाल्यो


बलात्कृत

भदौ १८, काठमाडौं । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना संक्रमण र यसले सिर्जना गरेको संकटका कारण निको भइसकेका मानसिक रोगीमा पुनः सोही समस्या बल्झिन थालेको छ ।

मनोचिकित्सकहरू निको हुँदै गरेका र औषधि सेवन गरेर घरमै बसिरहेका मानसिक रोगीहरू पुनः उपचारका लागि अस्पतालमा आउन थालेको बताउँछन् । ‘कोरोना संकटले निम्त्याएको समस्याका कारण निको भइसकेका तथा सामान्य अवस्थामा रहेका मानसिक रोगी पुनः अस्पताल आउन थालेका छन्,’ मानसिक अस्पताल लगनखेल, ललितपुरका वरिष्ठ मनोचिकित्सक वासुदेव कार्कीले भने ।

कोरोनापछि उत्पन्न असहज परिस्थिति, लकडाउनलगायत कारण सेवन गरिरहेको औषधिको सहज उपलब्धता नभएपछि पहिले सामान्य अवस्थामा पुगिसकेका बिरामी पुनः अस्पताल आउन थालेको कार्की बताउँछन् । कोरोना संकटपछि नयाँ मानसिक बिरामी पनि अस्पताल आउन थालेको उनी बताउँछन् । कतिपय कोरोना संक्रमितले मानसिक स्वास्थ्यबारे टेलिफोनमार्फत मनोचिकित्सकसँग परामर्श लिइरहेको जानकारी कार्कीले दिए ।

कोरोना सिर्जित मानसिक समस्यासँगै आत्महत्याका घटना पनि बढिरहेको मनोचिकित्सक बताउँछन् । चैत ११ देखि साउन ४ सम्म दुई हजार दुई सय १८ जनाले आत्महत्या गरेका छन् । सरकारी तथ्यांक अनुसार गत वर्ष पाँच हजार सात सय ३४ जनाले आत्महत्या गरेकोमा यो वर्ष ६ हजार दुई सय ६१ जनाले आत्महत्या गरेका छन् । नागरिक दैनिकमा खबर छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !