१४ बैशाख २०८१, शुक्रबार

आयल निगमका प्रमुख खड्का ‘भरियामात्रै’, बर्खास्त गरिएकोमा ओली आक्रोशित


काठमाडौं, असोज ३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल आयल निगमको जग्गा खरिद प्रकरणमा ‘भरियालाईमात्रै कारबाही’ गरेको भन्दै आक्रोश पोखेका छन् । मंगलबार राजधानीमा एक आयोजित कार्यक्रममा उनले आयल निगमका प्रमुख गोपाल खड्का भरियामात्रै भएको भन्दै उनलाइ बर्खास्त गरेकोमा आक्रोश व्यक्त गरे ।

सर्वोच्च अदालतका ११ जना न्यायाधीश नियुक्तिविरुद्ध परेको मुद्दामा पनि असहमति जनाउँदै ओलीले एमाले त्यसकोविरुद्ध उभिने बताए ।

सरकारमा रहेका पार्टीहरुले संविधान कार्यान्वयनमा ध्यान नदिएको भन्दै ओलीले जसरी पनि संविधान लागू गराएरै छाड्ने बताए ।

आगामी मंसिर १० र २१ गतेका लागि तय भएको निर्वाचन पछि सार्ने वा गर्दै नगर्ने षडयन्त्र भइरहेको उनको आशंका थियो ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !