१४ बैशाख २०८१, शुक्रबार

लकडाउन : शहरका युवा गाउँ-गाउँमा राहत बाढ्दै


सुरुङ्गा, २१ चैत । कोरानो भाइरस (कोभिड— १९ ) जोखिम हुन नदिन लकडाउन भएपछि समस्यामा परेका विपन्न समुदायलाई बिर्तामोडका तीन युवा गाउँगाउँमा पुगेर सहयोग गर्दै आएका छन् ।

खाद्यन्न अभावमा परेका परिवारलाई युवा व्यवसायी प्रवीण अग्रवाल, पुरुषोत्तम अग्रवाल र सञ्जय अग्रवालले ग्रामीण क्षेत्रमा पुगेर विपन्न परिवारलाई खाद्यन्न वितरण गर्न शुरु गर्नुभएको हो ।

बाह्रदशी तथा कचनकवल गाउँपालिका र शिवसताक्षी नगरपालिकाका झण्डै ५०० विपन्न परिवारलाई तीन युवा व्यवसायीले राहत वितरण गरिसक्नुभएको छ । स्थानीय तहसँग समन्वय गर्दै बिर्तामोडबाट राहत सामग्री बोकेर गाउँ छिरेका युवाले घरघरमै पुगेर राहत सामग्री (चामल, दाल, नुन, तेल, साबुन, चाउचाउ) प्रदान गर्दै आएको प्रवीणले जानकारी दिनुभयो ।

यसअघि पनि बिर्तामोडमा आफूहरुले रु १० मा विपन्न समुदायका नागरिकलाई एक महिनासम्म निःशुल्क खानाको व्यवस्था गरेको उहाँले बताउनुभयो । दैनिक झण्डै ५०० जनाले निःशुल्क खाना खाएको बताइएको छ । आफ्ना गाउँठाउँका विपन्न समुदायका नागरिकलाई पहिचान गर्दै गाउँ गाउँसम्म आएर राहत सामग्री वितरण गरेको प्रति स्थानीय जनप्रतिनिधि नै १० जना छन् । कचनकवल गाउँपालिका–१ का वडाध्यक्ष लक्ष्मीनारायण यादवले युवाको सकारात्मक कामको प्रशासा गर्दै अन्य दातालाई आफ्नो गाउँपालिकाका विपन्न समुदायका नागरिकलाई विपद्को समयमा सहयोग गर्न आग्रह गर्नुभयो ।

कचनकवल गाउँपालिकामा ७५ प्रतिशत घरधुरी विपन्न समुदायको बसोबास रहेको बताउँदै स्थानीय गोकुल राजवंशी भन्नुहुन्छ, “अन्य समयमा मजदुरी गरी जसोतसो गुजारा चलेकै थियो तर अहिले सबै ठप्प भएकाले मजदुरलाई समस्या माथि समस्या थपिएको छ । ”

शिवसताक्षी नगरपालिका–६ का वडाध्यक्ष मनोज खुलाल कार्की आफ्नो वडाका विपन्न समुदायका परिवारलाई उद्योग वाणिज्य सङ्घ शिवसताक्षी र बिर्तामोडका व्यवसायीको सहयोगमा वडाले अहिले राहत वितरण गरिरहेको बताउनुहुन्छ । “समयमा हामी विपन्न नागरिकको घर घरमा गएर राहत वितरण गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “यो वडामा मात्रै ३५० बढी परिवारलाई राहत बाड्ने योजना छ ।

उद्योग वाणिज्य सङ्घ शिवसताक्षीका अध्यक्ष भोलानाथ मैनालीले यस क्षेत्रका विपन्न समुदायलाई सहयोग गर्न यसक्षेत्रमै जन्मिएर, हुर्किएर विभिन्न पेशा व्यवसाय गर्नेहरुलाई आग्रह गरेर तत्कालका लागि राहत सामग्री जुटाएको बताउनुहुन्छ । सो भाइरसको जोखिमका कारण बाहिर निस्कन नसक्ने यो समयमा जङ्गली हात्तीले घर भत्काउँदै गाउँलेको उठिबास बनाउने गरेको सुनेपछि यस ठाउँमा राहत वितरणका लागि आएका हौँ युवा व्यवसायी पुरुषोत्तमले भन्नुभयो, “बिर्तामोडभन्दा ३०–३५ किलोमिटर दक्षिण घेरावारीमा अहिले राहत वितरण गरेका छौँ यसले केही दिनलाई भए पनि सहजता पु¥याउछ ।

बाह्रदशीको कुमाल गाउँ जो माटाका भाडाकुडा बनाएर बिक्री गर्दै गुजारा टार्नेे परिवारसहित कचनकवलको चियाँ बगानमा काम गर्दै जीविका चलाउनेसम्मका परिवारलाई स्थानीय सरकारभन्दा पहिला राहत सामग्री वितरण गरेर मारवाडी युवाले अहिले झापामा छुट्टै छवि बनाएका छन् । विपद्को यो घडीमा आफूहरुले विभिन्न पालिकामा पुगेर १०० क्वीन्टलभन्दा बढी चामल मात्र वितरण गरिसकेको उनीहरुको भनाइ छ । उनीहरुको नारा नै छ ‘आवश्यक परे भन्नुहोुस् हामी ल्याइदिन्छौँ तर घरबाहिर ननिस्कनुहोस् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !