१४ बैशाख २०८१, शुक्रबार

घरघरमा पुगेर साबुन र मास्क बाँड्दै गाउँपालिका अध्यक्ष


मास्क

मुगु, २१ चैत । कोभिड–१९ बाट आफ्ना जनतालाई बचाउन यहाँको स्थानीय तहका जनप्रतिनिधिहरु घरघरमा पुगेर मास्स र साबुन वितरण गरिरहेका छन । जिल्लाको पूर्वी क्षेत्रमा रहेको मुगुम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले आफनो गाउँपालिकामा रहेका नौ वटा वडा र १६ बस्तीमा स्वास्थ्यकर्मीको टोलीसहित आफैँ घरघरमा पुगेर सर्वसाधारणलाई प्रतिव्यक्ति एउटा साबुन र एउटा मास्क वितरण गर्नुभएको हो ।

लामा समुदायको बाहुल्य रहेको उक्त गाउँपालिकामा एक हजार ४०० घरधुरी छन् । प्रत्येक घरमा पुगी प्रत्येक सदस्यलाई मास्क र साबुन वितरण गर्ने गरेको टोलीमा संलग्न स्वास्थ्यकर्मी बलिबहादुर बुढाले बताउनुभयो । उहाँका अनुसार साबुन र मास्क वितरणसँगै गाउँपालिका अध्यक्षले घरदैलो गर्दै कोरोना भाइरसको सङ्क्रमणका बारेमा सचेतना पनि दिँदै आउनुभएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !