१४ बैशाख २०८१, शुक्रबार

सम्झौता नगरी खर्च भएको १ करोड डलर दिन एमसीसीले मानेन


एमसीसी

माघ १४, काठमाडौं । अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले सम्झौताका सबै सर्त पलना नभई नेपालले गरेको खर्चको सोधभर्ना दिन नमिल्ने बताएको छ । साथै एमसीसीले सरकारलाई सम्झौता कार्यान्वयनका थाती काम छिटो सम्पन्न गर्न पनि आग्रह गरेको छ । सरकारले अमेरिकाले एमसीसीमार्फत दिन लागेको ५० करोड अमेरिकी डलर अनुदान सहायतामा कार्यान्वयन गरिने परियोजना तयारी र कार्यान्वयनका लागि कार्यालय स्थापना गरी काम अघि बढाएको छ । अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

एमसीसी सहयोगका परियोजना अर्थ मन्त्रालय मातहतको विकास समिति, मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालमार्फत कार्यान्वयन हुँदैछन् । एमसीए नेपालले परियोजना विकास र कार्यालय सञ्चालनका क्रममा सरकारले नै खर्च गर्दै अएको छ । यो खर्चको सोधभर्ना स्वरुप १ करोड अमेरिकी डलर माग गर्दै सरकारले एमसीसीलाई पत्राचार गरेको थियो । एमसीसीले अर्थमन्त्री डा. युवराज खतिवडालाई जवाफ पठाएर सबै सर्त पालना नभएसम्म सोधभर्ना निकासा गर्न नसकिने स्पष्ट पारेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !