१४ बैशाख २०८१, शुक्रबार

हलिउड अभिनेत्री सु चिङ बनिन् नेपाल भ्रमणको सद्भावना दूत


सु चिङ नेपाल भ्रमण वर्ष २०२०

२ कार्तिक, काठमाडौं । चिनियाँ अभिनेत्री सु चिङ (Xu Qing) नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूत नियुक्त भएकी छिन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा हलिउड अभिनेत्री सुलाई सद्भावना दूत घोषणा गरिएको हो ।

पर्यटनमन्त्री योगेश भट्टराईले भने नेपाली भृकुटीले चीनका राजकुमारसँग विवाह गरेको प्रसंग सुनाउँदै चिङ भृकुटीको छोरी भई नेपाल उहाँको मावली भएकोले आफ्नो मावलीमा साथीभाई र अरुलाई जान आग्रह गर्नुहुने बताए ।

उनले आफू सद्भावना दूत बन्न पाउँदा खुशी लागेको बताइन् । सामाजिक संजाल Weibo मा करिब १ करोड ६० लाख मानिसहरुले पछ्याएकी कलाकार तथा सिलिब्रेटी चिङलाई आज भ्रमण बर्ष २०२० को सदभावना दुतको प्रमाणपत्र हस्तान्तरण गरिएको हो ।

उनको Vlog लाई भने १ अर्ब १३ करोडले visit गरेको देखिन्छ । सन् १९९० मा ‘लाइफ अन ब स्टि्रङ’ मार्फत् चिनियाँ फिल्मबाट डेब्यू गरेकी चिङले ‘डार्क अब्सेसन’, ‘द इम्पेरर्स स्याडो’, ‘आइ लभ यू टू’, ‘मिस्टर सिक्स’ लगायत दर्जन बढी चिनियाँ र हलिउड फिल्ममा अभिनय समेत गरेकी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !