१४ बैशाख २०८१, शुक्रबार

मेलम्चीमा बस दुर्घटनामा तीनको मृत्यु, नौ घाइते


९ चैत,  सिन्धुपाल्चोक । काठमाडौंबाट सिन्धुपाल्चोकको मेलम्चीतर्फ जाँदै गरेको बस मेलम्चीमा दुर्घटना हुँदा तीनजनाको ज्यान गएको छ ।

शुक्रबार दिउँसो मेलम्ची नगरपालिका–१२ तामाखानीमा बस दुर्घटना भएको मेलम्ची इलाका प्रहरी कार्यालयले जनाएको छ । आमाहेल्मो यातायातको बा३ख ४३२५ नम्बरको बस दुर्घटनामा मृत्यु भएका तीनजनामध्ये मेलम्ची नगरपालिका–१० का ४० वर्षीय चन्द्रबहादुर देउजाको मात्र सनाखत भएको छ भने दुईजनाको सनाखत हुन बाँकी छ ।

बसमा सवार ३५ जनामध्ये नौजना घाइतेको काठमाडौंमा रहेको नेपाल मेडिकल कलेज र मेलम्चीस्थित क्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक पर्शुराम मल्लले जानकारी दिनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !