१५ बैशाख २०८१, शनिबार

सोमबार पनि थामिएन सेयर बजारको गिरावट


bearish-market

२८ फागुन, काठमाण्डाै । आइतबार ३१ अंकले घटेको सेयर बजारले सोमबार पनि निरन्तरता पाएको छ । तिब्र उतारचढाब देखिएकाे बजारमा गिरावट अाएरपनि अाइतबारकाे तुलनामा सोमबारको बजारमा गिरावट केही थामिएको छ तर कारोबार रकममा भने कमी देखिएकाे छ ।

उत्पादन समूहबाहेक सबै उप समूहमा गिरावट आउँदा बजार परिसूचक ७.०८ अंकले ओरालो लागेर १२७७.०१ अंकमा बन्द भएको छ । अाज १५४ कम्पनीका ७ लाख ७० हजार ४९८ कित्ता सेयर ३१ करोड ३१ लाख ६५ हजार रुपैयाँमा खरिदविक्री भएका छन् । यो रकम आइतबारको तुलनामा एक करोड २० लाख रुपैयाँ कम हो ।

सेयर बजारमा धेरै सेयर कारोबार हुने बैंकिङ्ग समूहको परिसूचक मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.५८ प्रतिशतले घटेको छ । उत्पादन समूहमा २०.९४ अंकले उकालो लाग्दा सबैभन्दा बढी होटल समूह ३५.६९ अंकले घटेको छ । बैंकिङ्ग ७.२२, र विकास बैंक १.०५ अंकले घटेका छन् ।

बजार ऋणात्मक बनेपछि सबैभन्दा धेरै कारोबार भएको एभरेष्ट बैंकको एक करोड ५२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल लाईफ, एनआईसी एशिया,इन्भेष्टमेष्ट बैंक, नेपाल टेलिकम, सिद्धार्थ बैंक, सानिमा र स्टाण्डर्ड चार्टर्ड बैंकको समेत करोड बढीको सेयर खरिदविक्री भएका छन् ।

काबेली विकास बैंक र महिला सहयात्रा विकास बैंकको सेयरमूल्य पाँच प्रतिशतले बढ्दा ङादी ग्रुप पावर, मञ्जुश्री फाइनान्स, हिमालयन पावर, सूर्याेदय लघुवित्त, साइन रेसुङ्गा र ओरियन्टल होटलको सेयरमूल्य ४ प्रतिशतले बढेका छन् ।

सांग्रीला डेभलपमेण्ट बैंकको सेयरमूल्य सबैभन्दा बढी ७.०२ प्रतिशतले घटेर १८३ रुपैयाँमा झरेको छ । कालीका माईक्रेडिट लघुवित्त, बोर्टलर्स नेपाल र मिर्मिरे माईक्रोफाइनान्सका सेयरधनीले तीन प्रतिशत बढीले गुमाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !