१५ बैशाख २०८१, शनिबार

मोफसलकै सर्वाधिक पुरस्कार राशिकाे रमपम झापा गोल्डकप सुरू


Jhapa goldcup

२० फागुन, बिर्तामाेड । हिजाे रमपम झापा गोल्डकपको तेस्रो संस्करणको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गरेका छन् । प्रतियोगिताको उद्घाटन गर्दै राईले खेल क्षेत्रलाई राजनीतिक हस्तक्षेपमुक्त बनाइने बताए ।
उद्घाटन खेलमा आयोजक रमपम झापा ११ ले सुदुर पश्चिम बिरुद्व गोलको वर्षा गरेको छ ।

डोमालाल रंगशालामा भएको उद्घाटन खेलमा झापा ११ ले सुदुरपश्चिमविरुद्ध ५−० गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलको यात्रा तय गरेको हो ।खेलमा झापा ११ का स्ट्राइकर कर्ण लिम्वू `मेन अफ द म्याच´ घोषित भए ।

अाजको खेल नेपाल पुलिस क्लव र रुपन्देही ११ बीच हुने आयोजक समितिले जनाएको छ ।

मोफसलकै सर्वाधिक पुरस्कार राशि भएको प्रतियोगितामा विजेता टीमले १२ लाख ५१ हजार र उपविजेताले ६ लाख पुरस्कार पाउनेछ । साथै प्रत्येक खेलकाे `मेन अफ द म्याच´ले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछ । प्रतियोगितामा नेपालका उत्कृष्ट नौ र भारतको सिक्किम युनाइटेड क्वल गरी १० वटा टिमको सहभागिता रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !