१४ बैशाख २०८१, शुक्रबार

यूएईबाट १६७ जना नेपाली काठमाडौं आइपुगे


२३ जेठ, काठमाडौं । कोरोना भाइरसको महामारीका कारण समस्यामा परेका नेपालीहरुलाई सरकारले उद्धार गर्न थालेको छ । यो संगै सरकारले यूएईमा समस्यामा परेका १६७ जना नेपालीलाई आज उद्धार गरेको छ ।

भर्खरै यूएईवाट नेपालीहरुलाई लिएर आएको विमान काठमाडौंमा अवतरण गरेको छ । सारजाह विमानस्थलबाट आएको एयर अरेवियाको जी ९ १७५१ नम्बरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !