९ जेष्ठ २०८१, बुधबार

पुनःनिर्माण गरिएका लमजुङका १४ घर समुदायमा हस्तान्तरण


असोज २२, लमजुङ | दुई वर्षअघि आएको भूकम्पले भत्किएर पुनःनिर्माण गरिएका लमजुङका १४ घर समुदायमा हस्तान्तरण गरिएको छ । राइनास–९, मोहोरियाकोटमा निर्माण गरिएका १४ घर, एक सामुदायिक भवन र एक आरोग्य भवन गरी १६ वटा भवन राष्ट्रिय योजना आयोगका सदस्य सुनिलबाबु श्रेष्ठको आतिथ्यतामा आयोजित कार्यक्रममा सम्बन्धित घरधनीलाई हस्तान्तरण गरिएको हो ।

घर भत्किएर विचल्लीमा परेकाहरु नयाँ घर पाएपछि खुशी भएका छन् ।  “दुई वर्षसम्म चौरमा पाल टाँगेर बस्यौँ, गोठमा पकायौँ, अहिले नयाँ घर पाउँदा निकै खुशी लागेको छ”, स्थानीय दिलमाया गुरुङले भन्नुभयो । अमेरिकी नागरिक नतासा वाजनियाकको विशेष सहयोगमा उक्त घर तथा भवन निर्माण भएका हुन् ।

पुनःनिर्माणका लागि ६०।४० को अवधारणाअनुसार नतासाको रु एक करोड ५० लाख सहयोग रहेको बस्ती पुनःनिर्माण संयोजक एवं सर्वोदय सेवाश्रमका अध्यक्ष कृष्णराज ओलियाले बताउनुभयो । भत्किएका घर पुनःनिर्माण गरेसँगै व्यावसायिक होमस्टे पनि शुरु गरिएको छ । निर्माण भएका १४ घरमा होमस्टे शुरु गरिएको हो ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !