२१ बैशाख २०८१, शुक्रबार

घरमै औषधि पाएपछि गाउँमा खुशी


Medicine

स्याङ्जा, २५ वैशाख । फेदीखोला गाउँपालिकाले नियमितरूपमा औषधि सेवन गर्नुपर्ने बिरामीका लागि घरमै औषधि पु¥याउने व्यवस्था मिलाएको छ । कोरोना भाइरसको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउन लम्बिँदै गएपछि आफ्नो स्वास्थ्यप्रति चिन्तित बनेका स्थानीयवासीमा भने यतिबेला खुशी छाएको छ ।

दीर्घरोगी एवं नियमितरूपमा औषधि सेवन गर्नुपर्ने बिरामीका लागि गाउँपालिकाले घरघरमै औषधि पु¥याउन थालेपछि लकडाउनका कारण अस्पताल जान नपाएर समस्यामा परेका स्थानीयवासी गाउँपालिकाबाट घरमै आएर औषधि दिन थालेपछि खुशी भएका छन् ।

मिर्गाैलामा आएको समस्याका कारण नियमितरूपमा औषधि सेवन गर्दै आउनुभएकी फेदीखोला गाउँपालिका–२ का २७ वर्षीया सम्झना केसी लकडउनको शुरुमा समस्यामा परे पनि अहिले भने खुशी हुनुभएको छ । केसीले भन्नुभयो, “मैले मिर्गाैलाको प्रत्यारोपण गरेको हुनाले नियमित औषधि खानुपर्ने हुन्छ । सरकारले लकडाउन घोषणा गरेसँगै औषधि किन्नका लागि समस्या भएको थियो, अहिले गाउँपालिकाले नै स्वास्थ्य परीक्षण र औषधि लिनका लागि काठमाडौँ जानेआउने व्यवस्था मिलाएको छ । गाउँपालिकाको यो कामबाट म निकै खुशी छु ।”

विगत चार÷पाँच वर्षदेखि मिर्गाैलाको समस्या झेल्दै आउनुभएकी केसीले भन्नुभयो, “महिनामा रु २० हजारभन्दा बढीको औषधि खानुपर्छ । काठमाडौँ बाहिर किन्दा १० दिनको औषधिलाई नै रु १४ हजार लिने गरेकाले औषधिका लागि काठमाडौँ नै पुग्नुपर्ने बाध्यता रहेको बताउनुभयो । गाउँपालिकाले लकडाउनको बेलामा ठूलो सहयोग गरेको बताउँदै नियमित औषधि सेवन गर्नुपर्ने भएकाले औषधिका लागि पनि केही सहयोगको अपेक्षा गरेको बताउनुभयो ।

यसैगरी नियमित औषधि खाँदै आउनुभएका फेदीखोला–४ का कृष्णप्रसाद पौडेलले गाउँपालिकाले घरमै औषधि ल्याएर दिने गरेकामा खुशी लागेको बताउनुभयो । कृष्णप्रसादका छोरा प्रदीपले भन्नुभयो, “बुवालाई नियमित औषधि खानुपर्ने हुन्छ, यस्तो लकडाउनका बेलामा पनि गाउँपालिकाले स्थानीय जनताको समस्या बुझेर घरमै आएर औषधि दिने व्यवस्था मिलाएकामा हामीलाई धेरै खुशी लागेको छ ।” अहिले औषधिको कुनै पनि समस्या झेल्न नपरेको पौडेलले बताउनु भयो ।

गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले लकडाउनका कारण नियमित औषधि खानुपर्ने बिरामीका लागि समस्या नहोस् भनेर घरघरमा औषधि पु¥याउने व्यवस्था मिलाएको बताउनुभयो । गाउँपालिकाले औषधि व्यवस्थापनका लागि तीन सदस्यीय समिति बनाएर नियमित औषधि सेवन गनुपर्ने बिरामीको तथ्याङ्क सङ्कलन गरेरे आवश्यकताका आधारमा औषधि खरिद गरेर घरघरमा पु¥याउने गरेको समितिका सदस्य सुजन पोखरेलले बताउनुभयो ।

सुन्तला कृषकलाई आधुनिक हातेट्र्याक्टर
प्रधानमन्त्री कृषि आधुनिकीकरण सुन्तला सुपरजोन स्याङ्जाले भिरकोट नगरपालिकामा सुन्तला खेती गर्दै आएका कृषक समूहलाई आधुनिक हातेट्र्याक्टर प्रदान गरेको छ । हातेट्र्याक्टर हस्तान्तरण कार्यक्रममा नगरप्रमुख छायाँराम खनालले औजारको सही सदुपयोग गरेर आफ्नो उत्पादनलाई थप बढवा दिन आग्रह गर्नुभयो । नगरप्रमुख खनालले भन्नुभयो, “राज्यले गरेको लगानी खेर नफाली उत्पादनमा वृद्धि गरी बढीभन्दा बढी मात्रामा आर्थिक उपार्जनतर्फ लाग्नुस्, नगरपालिकाले पनि किसानका लागि आवश्यक सहयोग गर्छ ।”

नगरप्रमुख खनालले नगरपालिकाले नगरभित्र रहेको बाँझो जमिनको लगत निकालेर माटो सुहाउँदो खेती लगाउने योजनामा रहेको र सो कार्यका लागि पनि यो हातेट्र्याक्टर महत्वपूर्ण हुने बताउनुभयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण सुन्तला सुपरजोन स्याङ्जाका अध्यक्ष बोधराज अर्यालले ५० प्रतिशत अनुदानमा कृषकलाई हातेट्र्याक्टर वितरण गरिएको जानकारी दिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !