१९ बैशाख २०८१, बुधबार

पाँच दिनमा ४५ सयभन्दा बढी नागरिकको उद्धार


सोलुखुम्बु, १८ वैशाख । कोभिड–१९को जोखिम हुन नदिन लकडाउन जारी रहेपछि यहाँका चार हजार ५०० भन्दा बढी नागरिकलाई उद्धार गरिएको छ । विभिन्न निकायसँगको विशेष समन्वयमा उनीहरुलाई उद्धार गरिएको सांसद हेमकुमार राई (शुरवीर)ले जानकारी दिनुभयो ।

थुलुङदूधकोशी गाउँपालिकाले सबैभन्दा धेरै एक हजार १९८ जना र सबैभन्दा कम सोताङ गाउँपालिकाले २९९ जनाको उद्धार गरेको छ । थुलुङदूधकोशी गाउँपालिका अध्यक्ष असीम राई आफँै काठमाडाँै पुगेर पालिकाभित्रका नागरिकलाई गाउँसम्म ल्याएको प्रमुख प्रशासकीय अधिकृत अविलाल राईले जानकारी दिनुभयो ।

यस्तै सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेलजाङ्बु शेर्पा र उपमेयर कल्पना राईसमेत काठमाडाँैमा पुगेर ७९९ जनाको उद्धार गरेको नगरप्रवक्ता सारदामाया तामाङले जानकारी दिनुभयो ।

यस्तै जिल्लाको नेचासल्यानले ५९६ जनाको उद्धार गरेको गाउँपालिकाका अध्यक्ष डुफकुमार बाँस्तोलाले जानकारी दिनुभयो । गाउँपालिका अध्यक्ष आफँै काठमाडौँमा गई उनीहरुको उद्धार गरेर ल्याएको गाउँपालिकाले जनाएको छ ।

माप्यदूधकोशी गाउँपालिकाले ५७० जनाको उद्धार गरेको गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईले जानकारी दिनुभयो । काठमाडौँमा गठन गरेको सम्पर्क समितिमार्फत विवरण सङ्कलन गरी उनीहरुलाई उद्धार गरिएको उहाँकोे भनाइ छ ।

जिल्लाको कोशीपारिको गाउँपालिका महाकुलुङले ४७६ जनाको उद्धार गरेको गाउँपालिकाका अध्यक्ष सागर किराँतीले जानकारी दिनुभयो । यस्तै खुम्बु पासाङ ल्हामु गाउँपालिकाले ३२० जना र लिखु पिके गाउँपालिकाले करिब ३०० जनाको उद्धार गरेको सम्बन्धित गाउँपालिकाले जनाएका छन् ।

वैशाख १२ गतेदेखि जिल्लाका विभिन्न स्थानीय तहले उद्धार कार्य शुरु गरेका थिए । अहिले पहिलो चरणको उद्धार कार्य सकिएको सांसद राई (शुरवीर)को भनाइ छ । विषम परिस्थितिको सामना गर्नु सबैको कर्तव्य भएको भन्दै उहाँले १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्न आग्रह गर्नुभएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !