१८ बैशाख २०८१, मंगलबार

प्रधानमन्त्री ओलीको कोरोना भाइरसबारे ‘वैज्ञानिक व्याख्या’ अवैज्ञानिक


केपी शर्मा ओली

बैशाख ८, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसबारे बोलेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । प्रधानमन्त्री ओलीले गत साता मुख्यमन्त्रीहरुसँगको भिडियो कन्फेरेन्समा कोरोना भाइरसको प्रकृति, यसको उपचार र सर्ने तरिकाबारे ‘वैज्ञानिक व्याख्या’ गरिरहेको देख्न सकिन्छ ।

उनले मुख्यमन्त्रीहरुलाई कोरोनाबारे दिन खोजेको शिक्षा भने वैज्ञानिक ढंगले पुष्टि हुँदैनन् । बरु उनको भिडियो सामाजिक सञ्जालमा रमाइलो ठट्टाको विषय बनिरहेको छ । वासिङ्टन पोस्टमा प्रकाशित रिपोर्ट तथा रोयटर्सले गरेको तथ्य परीक्षणले भने प्रधानमन्त्रीको दाबीलाई गलत सावित गर्छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !