१४ बैशाख २०८१, शुक्रबार

स्यालको टोकाइबाट १८ जना घाइते


भदौ २२, सुर्खेत । पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकामा स्यालको टोकाइबाट १८ जना घाइते भएका छन् । गुर्भाकोट नगरपालिका–४ को मिलनचोक, आँपखोली र बाघखोरमा घरमै बसिरहेको अवस्थामा स्थानीयवासीलाई स्यालले टोकेको हो ।

बुधबार साँझ ९ जना र बिहीबार दिउँसोसम्म ९ जनालाई टोकेको स्वास्थ्यचौकी सहारेका प्रमुख किरण वलीले जानकारी दिए । घाइतेलाई रेबिजविरुद्ध दिइने खोप स्थानीयस्तरमा दिइएको प्रमुख वलीले बताए । स्यालले टोक्दा लगाउने इम्युनोग्लोमिन भ्याक्सिन काठमाडौंको टेकु अस्पतालमामात्रै पाइने भएकाले उपचारमा समस्या भएको वलीले बताए ।

घाइतेलाई काठमाडौं पठाएर उपचार गर्ने विषयमा गुर्भाकोट नगरपालिकाले निर्णय गरेको छ । बिहीबार बिहान नगरपालिकाको बैठकले यस्तो निर्णय गरेको गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुनले बताए । विगतका वर्षहरुमा पनि यही समयमा गुर्भाकोटमा स्यालले टोक्दा दर्जनभन्दा बढी स्थानीयवासी घाइते भएका थिए ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !