१३ जेष्ठ २०८१, आइतबार

जिल्ला कारागारमा खानेपानीको अभाव


Water supply

बझाङ, १० चैत । जिल्ला कारागार बझाङमा खानेपानीको समस्या भएको छ । खानेपानीको समस्याका कारण कैदीबन्दीलाई खान पकाउन, पानी पिउन र सरसफाइ गर्न समस्या हुँदै आएको छ । ‘ङ’ श्रेणीमा रहेको जिल्ला कारागार बझाङमा थुनुवा र कैदीबन्दी गरेर ६० जना भएकाले खान तथा सरसफाइ गर्न पानी अपुग भएको हो । पानीको एक धारा छ, कहिले आउँछ÷आउँदैन, पानी बनाएर ल्यायो भने बीच बाटोमै अरुले प्रयोग गर्न पाइपलाइन छुटाउने गरेको जिल्ला कारागारमा रहेका थुनुवा नाइके हिक्मत खड्काले बताउनुभयो ।

कारागारमा ४२ कैदीबन्दी छन् भने १८ थुनुवा छन् । सुरक्षाकर्मी गरेर ८० जनाभन्दा बढी कारागारमा बस्ने गरेका छन् । खाना पकाउनकै लागि तयारी गरेर पानी भर्न लागेमा एक जनाले २४ घण्टा खानेपानीकै ड्युटी गर्नुपर्ने अवस्था छ । खाना पकाउन र नुहाउनको त कुरै नगरौँ, शौचालयमा समेत पानी छैन । गर्मीयाम बढेसँगै रोगको त्रास फैलिरहेको बेला जिल्ला कारागारजस्तो संवेदनशील ठाउँमा खानेपानी नभएकामा कसैले चासो नदेखाएको कारागारका नाइके खड्काले बताउनुभयो ।

“हामीले फोहर गाडीमा हालिदिन्छौँ तपाईं गाडी मात्रै पठाइदिनुहोस् भन्दा पनि जयपृथ्वी नगरपालिकाले कुनै चासो नदेखाएको जेलर झलक रोकायाले बताउनुभयो । खानेपानीका पाइप केही दिनमा व्यवस्थित गर्ने रोकायाले बताउनुभयो । जयपृथ्वी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मङ्गल शाहीले भन्नुभयो, “अघिल्लो चोटी ल्याएका डस्टविन बजारमा वितरण गरेर नबचेकाले अब फेरि मगाउने तयारीमा रहेको र फोहर उठाउने गाडी केही दिनभित्रै कारागारमा पठाउने गृहकार्य भइरहेको छ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु