२० बैशाख २०८१, बिहिबार

सुख्खा पहिरोले कर्णाली राजमार्ग अवरुद्ध, यात्रुहरु अलपत्र


भदौ १७ , काठमाडौँ | जुम्ला-  कर्णाली राजमार्गको कालिकोट खण्डमा पर्ने दहिखोलामा सुख्खा पहिरो गएपछि राजमार्ग तीन दिनदेखि अवरुद्ध बनेको छ। बसमा सामान नलिएका यात्रु घण्टौ सम्म हिँडेर बस चढेर गन्तव्य तर्फ फर्कने गरेपनि सामान बढी भएका यात्रु पहिरो गएको स्थानमै बसेका छन्।

पहिरोले सडक अवरुद्ध भएसंगै यात्रु अलपत्र परेका छन्। सुर्खेत देखि जुम्ला,कालिकोट, मुगु जाने यात्रु अलपत्र परेका हुन । पहिरोका कारण सवारी दहिखोलामै थन्किएका छन ।पहिरो पन्छाउनको लागि सडक डिभिजन कार्यालय कर्णालीको डोजर पुगेपनि पहिरो नरोकिएपछि काम अघि बढ्न सकेको छैन ।

नेपालगंज हुदै मोटरसाईकलमा दहिखोला पुगेका नर वहादुर घर्तिले भने, दहि खोलामा गएको पहिरो राकिएको छैन, पहिरो रोकिएर पन्छाउनकै लागि एक हप्ता समय लाग्ने देखिन्छ । पहिरो गएको स्थान देखि अहिले यात्रुले एक घण्टा उकालो चढेर एक घण्टा ओरालो झरेर बसको यात्रा गर्नु परेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !