२४ बैशाख २०८१, सोमबार

यस कारण सापकोटाको मुद्दा न्यायाधीश फुयाँलले हेर्न नमिल्ने !


अग्निप्रसाद सापकोटा

१२ माघ, काठमाडौं । सभामुखमा एकल उम्मेदवार बनेका अग्नि सापकोटामाथि विभिन्न खालका टिक्का टिप्पणी हुँदै आएको छ नेकपाले सभामुखको उम्मेदवार चयन गरेपछि सापकोटामाथि अर्जुन लामा हत्याको आरोपमा अदालतमा रिट दायर भएको हो । आज सभामुखमा निर्वाचित हुन लागेका सापकोटाविरुद्ध परेको रिटमाथिको न्यायाधीश हरि फुयालले सुनुवाइ नगर्ने भएका छन् । न्यायाधीश फुयालले सर्बोच्चको न्यायाधीश हुनुअघि सापकोटाविरुद्धकै अर्को मुद्दामा कानून व्यवसायीको हैसियतले बहस गरेकाले नैतिकताका कारण न्यायाधीश फुयालले सापकोटाविरुद्ध परेको रिटमाथिको सुनुवाइ नगर्ने भएका छन् ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सापकोटालाई सभामुख नबनाउन माग गर्दै दायर गरेको रिटको सुनुवाइ फुयाँलको एकल इजलासमा आज तोकिएको थियो । न्यायाधीश हरिकृष्ण कार्की र हरि फुँयाल दुवैले न्यायाधीशले सर्वोच्चमा आउनुअघि सुशील प्याकुरेलले सापकोटाविरुद्ध दायर गरेको मुद्दामा बहस गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !