१२ जेष्ठ २०८१, शनिबार

निर्वाचन फेरी पाँच दिन सर्‍यो, असार १४ गते दोस्रो चरणको चुनाव


Pm-office

काठमाडौँ: मन्त्रिपरिषदले दोस्रो चरणको स्थानीय तह निर्वाचनको मिति पुनः पाँच दिन सारेको छ। असार १४ गते दोस्रो चरणको निर्वाचन गर्ने बुधबार बिहानको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो।

जेठ ३१ गतेका लागि तय भएको निर्वाचन असार ९ गतेसम्म सारिएको दुई दिनपछि नै सरकारले पुनः निर्वाचनको मिति पाँच दिन सारेको हो।

असार ९ गतेको निर्वाचनको मिति निर्वाचन आयोगको परामर्शमा असार १४ गतेका लागि सारिएको मन्त्रिपरिषद् बैठकपछि उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले जानकारी दिए।

मुस्लिम धर्मालम्वीको पर्व रमजान परेको भन्दै निर्वाचनको मिति पुनः सार्न माग भइरहेको थियो।

बुधबारको निर्णयअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगसँग मंगलबार परामर्श गरेका थिए। यस्तै, मंगलबार नै मुस्लिम समुदायका अगुवाले प्रधानमन्त्रीलाई भेटेर मिति सार्न आग्रह समेत गरेका थिए।

सरकारले फागुन ९ गते वैशाख ३१ मा एकै चरणमा निर्वाचन गर्ने निर्णय गरेको थियो। तर, तराई मधेशको राजनीतिक समस्या सम्वोधन नभई निर्वाचन नहुँने भन्दै दुई चरणमा निर्वाचन गर्नेगरी प्रदेश ३, ४ र ६ मा वैशाख ३१ र १, २, ५ र ७ मा जेठ ३१ गते निर्वाचन गर्ने सरकारले निर्णय गरेको थियो।

तर, जेठ ३१ गतेको दोस्रो चरणको निर्वाचनमा पनि असन्तुष्ट दलहरु सहभागी नहुँने भएपछि असार ९ गतेसम्मका लागि निर्वाचन सार्ने निर्णय भएको थियो। जेठ १५ गतेको मन्त्रिपरिषद\ले निर्वाचन सर्ने निर्णय गरेको थियो। त्यसको दुई दिन लगत्तै पुनः चौथौ पटक मिति हेरफेर भएको हो।

दोस्रो चरणमा ४१ जिल्लाका ४६१ स्थानीय तहमा निर्वाचन हुनेछ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !