२६ बैशाख २०८१, बुधबार

सागमा पदक जित्ने खेलाडीहरुलाई आज नगर परिक्रमा गराइँदै


स्वर्ण जित्ने खेलाडीलाई ९ लाख दिने प्रधानमन्त्री ओलीको घोषणा

२७ मंसिर, काठमाडौं । सागमा पदक विजेता खेलाडी र यसका प्रशिक्षकलाई आज बिहान ११ बजेबाट काठमाडौं उपत्यका घुमाएर नागरिक अभिनन्दन गरिने भएको छ । बुधबार मात्र प्रधानमन्त्री ओलीले सागमा स्वर्ण जित्ने खेलाडीहरुलाई ९ लाख दिने घोषणा गरेका थिए ।

राष्ट्रिय खेलकुद परिषद् त्रिपुरेश्वरबाट सुरु हुने नगर परिक्रमा न्युरोड, इन्द्रचोक, रत्नपार्क, सिंहदरबार पुल्चोक, लगनखेल, सातदोबाटो, कोटेश्वर हुँदै सल्लाघारीसम्म पुग्नेछ । परिषद्का अनुसार, खेलाडीको सम्मानमा आयोजित नागरिक अभिनन्दन त्यहाँबाट पुनः सल्लाघारी, कोटेश्वर, बानेश्वर हुँदै राखेपमा प्रांगणमा आएर समापन हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !