१४ जेष्ठ २०८१, सोमबार

ठूलीभेरीको बजेट २९ करोड


बजेट

२८ असार, डोल्पा । ठूलीभेरी नगरपालिकाको बजेट रु २८ करोड ९१ लख ८५ हजार प्रस्ताव गरिएको छ ।

‘हाम्रो लगानी कृषि, पर्यटन, उद्योग, व्यापार, वातारवरण र पूर्वाधार, ठूलीभेरी नगरपालिकाको समृद्धिको मूल आधार’ नाराका साथ ठूलीभेरी नगरपालिका जुफालको दोस्रो नगर सभाले सो बजेट प्रस्ताव गरेको हो ।

नगर सभाले आन्तरिक सडक विस्तार र व्यावसायिक प्राङ्गारिक कृषि खेतीलाई पहिलो प्राथमिकतामा राख्दै आर्थिक वर्ष २०७५÷७६ को बजेट नीति तथा कार्यक्रम पारित गरेको छ ।

ठूलीभेरी नगरपालिकाका प्रमुख गणेशबहादुर शाहीका अनुसार प्रत्येक युवालाई कृषितर्फ आकर्षित गर्न सहुलियत ऋणको व्यवस्था, कृषकको सुरक्षाका लागि पशुसेवा बीमा तथा फलफूल कृषक बीमाको व्यवस्था गर्ने कुरा नीति तथा कार्यक्रमले समेटेको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !