४ जेष्ठ २०८१, शुक्रबार

सुनसरीमा बिहानी कक्षा सञ्चालन गर्न आग्रह


Nepalpatra

१० जेठ, इनरुवा । सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न क्षेत्रमा रहेका विद्यालयलाई बिहानी कक्षा सञ्चालन गर्नका लागि अभिभावकले आग्रह गरेका छन् ।

अत्यधिक गर्मी भएकाले विद्यालयलाई बिहानी कक्षा सञ्चालन गरी बालबालिकाको सर्वाेपरि हितलाई ध्यान दिन आग्रह गरेका हुन् । सदरमुकाम इनरुवामा रहेको शारदा मावि, बलाहा र राजाजी माविलगायतका अभिभावकले आफ्ना बालबालिकाको हितमा ध्यान दिनका लागि विद्यालय प्रशासनलाई आग्रह गरेका हुन् ।

केही दिनयता बढेको चर्काे घाम र गर्मीले बालबालिकाको स्वास्थ्यमा असर परेको भन्दै बिहानी कक्षा सञ्चालन गर्न आग्रह गरेको अभिभावक दिलीप साहले जानकारी दिनुभयो । उता भोक्राहा नरसिंह गाउँपालिकाका विद्यालय पनि बिहानीपख चलाउने गरी निर्णय गरिएको छ ।
गाउँपालिका क्षेत्रका सबै विद्यालयलाई बिहानीपख चलाउन प्रधानाध्यापकको बैठकले निर्णय गरेको प्रधानाध्यापक मनोज मेहताले जानकारी दिनुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !