९ जेष्ठ २०८१, बुधबार

नेता बानियाँद्वारा मनहरी ३ को मिलडाँडामा खानेपानी मोटर सहयोग


Water drinking Motor Support

हेटौंडा, २५ बैशाख । नेपाली काँग्रेस मकवानपुरका सभापति, पूर्व गृहराज्यमन्त्री एवं ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँद्वारा मंगलबार मनहरी गाउँपालिका ३ मिलडाँडा कालिदमारमा खानेपानीको मोटर सहयोग गर्नुभएको छ ।

नेता बानियाँले मनहरी गाउँपालिका ३ मिलडाँडा कालिदमारको ४५  घरधुरीका २ सय जना भन्दा बढीले खानेपानीको लागि सहज होस् भनेर १ लाख १ हजार ५ सय १० रुपियाँको ३ एचपिको डेढ ईन्च पानी जाने र १ सय ३६ मिटर माथिसम्म पानी फाल्ने मोटर, प्यानलबोर्ड लगायतका फिटिङ समानहरु खरिद गरेर कालिदमार–मिलडाँडा खानेपानी उपभोक्ता समितिका अध्यक्ष सुरज कार्कीलाई दिनुभएको हो ।

पिउने पानीको लागि कालिदमारका बासिन्दाहरुले पिउने पानी लिनकै लागि आधा घण्टासम्म हिडेर मसिने खोलासम्म जानुपर्ने बाध्यता देखेर आफूले मोटर उपलब्ध गराएको काँग्रेस मकवानपुरका सभापति एवं ३ नम्बर प्रदेशका संसदीय दलका नेता बानियाँले बताउनुभएको छ ।

खानेपानीको लागि दुःख पाईरहेकाहरुको लागि नेता बानियाँले मोटर किनेर सहयोग गरिदिनुभएकोमा उपभोक्ता समितिका अध्यक्ष कार्कीले धन्यवाद व्यक्त गर्नुभएको छ ।

Drinking Water Motor Support

 

 

 

 

 

 

 

 

 

 

 

 

 

स्रोत : हेटौडा टाईम्स 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !