१२ श्रावण २०८१, शनिबार

चक्कु प्रहार गरेर काठमाडौंको बत्तीसपुतलीमा युवकको हत्या


हत्या

काठमाडौं । काठमाडौंको बत्तीसपुतलीमा एक जना युवकको हत्या भएको छ । मोरङ घर भई कुमारी टोलमा बस्दै आएका २४ वर्षीय शम्भु धिमालको गएराति काठमाडौंको बत्तीसपुतलीमा हत्या भएको हो ।

सामान्य विवाद हुँदा बीच बाटोमै चक्कु प्रहार गरेर हत्या गरेर धिमालको हत्या गरिएको प्रहरीले जनाएको छ । सो घटनामा संलग्न चारजनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार आपसी विवादमा हत्या भएको खुलेको छ । धिमाललाई गएराति नै सिनामंगलस्थित केएमसी अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रहरीका अनुसार हत्यामा संलग्न १७ वर्ष मुनिका रहेका छन् । सो घटनाबारे प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !