१९ बैशाख २०८१, बुधबार

आईपीएलमा बाजी लगाउने गिरोह खिचापोखरीबाट पक्राउ


IPL baji(juwa)

१९ वैशाख, काठमाण्डौ । भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) प्रतियोगितामा आधारित रही नेपालमा बसेर बाजी लगाउने अनलाइन जुवा (बुकी) खेलमा सक्रिय गिरोहलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।

प्राप्त जानकारीअनुसार क्रिकेटलगायतका खेलमा बाजी लगाउने गिरोह सक्रिय रहेको सुराकीका आधारमा महनगरीय प्रहरी वृत्त जनसेवाको टोलीले सर्च अप्रेसन गर्दा राजधानीको खिचापोखरीबाट खेलमा बाजी लगाउने गिरोहलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतीय नागरिक मुकेश जैसवाल र सञ्जीवकुमार जैसवाल रहेका छन् । उनीहरूको साथबाट १ लाख ४० हजार नगद, बाजी लगाउनेको हिसाब राख्ने डायरी र चार थान मोबाइल बरमद गरेको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !