१४ जेष्ठ २०८१, सोमबार

प्रम ओलीले भने, ‘शिक्षकले क्षमता वृद्धि गर्न नसके जागिरवाट हट्नुपर्छ’


KP Oli

१९ वैशाख, दमक । प्रधानमन्त्री केपी शर्मा ओलीले गृहनगर दमकमा साना सहकारी खानेपानी योजनाको उद्घाटन गर्दै शिक्षकले क्षमता बृद्धि गर्न नसके जागिरवाट हट्नुपर्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले गुणस्तरीय शिक्षा दिनका लागि शिक्षकलाई प्रविधीमा ध्यान दिन समेत सुझाव दिए । विद्यार्थीको पढाइको गुणस्तर कसरी अभिबृद्धि गर्ने तर्फ सबैको ध्यान जान जरुरी छ, उनले भने, सामुदायीक विद्यालयको गुणस्तर सुधारका लागि सरकारले काम गरिरहेको छ ।

उनले भने, सामुदायीक विद्यालयको गुणस्तरयुक्त नै पढाइ हुनुपर्छ, शिक्षकहरुले गुणस्तर शिक्षा दिनका लागि शिप बढाउनु पर्छ नभए जागिर छाड्नुभए हुन्छ, भविष्य बिगार्नु हुदैन्’, उनले भने ।

ओलीले शिक्षक अभाव हुन नदिने बताउँदै आवश्यक प्राविधिक जनशक्ति सरकारले उपलब्ध गराउने बताए । मुलुकको अवश्यकता अनुसार प्राविधिक बिषयको पढाइमा समेत सरकारको जोड रहेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !