६ जेष्ठ २०८१, आइतबार

वडा कार्यालयले गर्‍याे ज्येष्ठ नागरिकलाई सम्मान


१० वैशाख, डोटी ।  दिपायल सिलगढी नगरपालिका वडा नम्बर २ ले आफ्ना वडामा रहेका ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको छ ।

सोमबार एक कार्यक्रमको आयोजना गरी वडाका वडा अध्यक्ष राजेन्द्र खड्काले आफनो वडाभरीमा रहेका ७५ बर्ष भन्दा बढी उमेरका ३७ जना महिला तथा पुरुष ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो । आफूहरुलाई वडा कार्यालयले सम्मान गरेपछि आफ्नो हौसाला बढेको र बाँच्ने आस अझै केही बढेको वडाका ज्येष्ठ नागरिक लालबहादुर खड्काले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘लामो उमेर सम्म घरैमा खुम्चियर बसेका थियौँ, आज सम्मान गरे अझै केही वर्ष बाँच्न पाए अझै के–के देख्न पाइन्थ्यो, यसैमा खुशी छौँ ।’ वडा कार्यालयले ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाएर, मिठाई तथा नगद दिएर सम्मान गरेको थियो ।

आफ्नो वडामा रहेका ज्येष्ठ नागरिकलाई आफूहरुको जिन्दगी दुःखमा बितिरहेको महशुस नहोस भन्ने उद्देश्यलेसम्मानको कार्यक्रम राखेको वडा अध्यक्ष खड्काले बताउनु भयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !