५ जेष्ठ २०८१, शनिबार

बलत्कारी आरोपमा नोबेलका डाक्टर पक्राउ


७ वैशाख, मोरङ । मोरङ प्रहरीले बलत्कार गरेको आरोपमा विराटनगर स्थीति नोबेल मेडिकल कलेजमा कार्यरत डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ ।

नोवेल मेडिकल कलेजमा एम. बी.बी.एस ९ औं ब्याजमा अध्ययारत मनिष मिश्रलाई मोरङ प्रहरीले बिहीबार पक्राउ गरेको हो ।

सप्तरीको वेलाही गाउँपालिका ४ का २२ वर्षिय मिश्रले सुनसरी इहटरी घर भएकी किशोरीलाई बलात्कार गरेको अाराेप लागेकाे छ । मोरङ प्रहरी प्रमुख एसपी अरुण कुमार विसीले विराटनगरस्थित लाइफ गार्ड अस्पतालमा कार्यरत स्टाफ नर्सलाई मिश्रले विराटनगरको दुधफारममा रहेको आफनो कोठामा बोलाएर मंगलवार साझ वलात्कार गरेको बताइएको छ ।

किशारीले वुधवार डा. मिश्र विरुद्ध किटानी जाहेरी प्रहरीमा दिएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीबिच दुई सातअघि मात्र चिनजान भएको बताइएको छ । प्रहरीले मिश्रलाई जवरजस्ती करणी गरेको अभियोगमा मुद्दा चलाएको मोरङ प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !