१९ बैशाख २०८१, बुधबार

वैशाख २१ गतेदेखि चौथो राष्ट्रिय भलिबल प्रतियोगिता सुरु हुँदै


Volleyball Tournament

५ वैशाख, काठमाण्डौ । चौथो राष्ट्रिय भलिबल प्रतियोगिता वैशाख २१ गतेदेखि सुरु हुने भएको छ । त्रिपुरेश्वरको कभर्डहलमा सञ्चालन हुने प्रतियोगितामा ६ टोलीको सहभागिता रहनेछ ।

तीन विभागीय टोलीसँगै शिवम् न्यू डायमण्ड एकेडेमी, पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको सहभागिता हुनेछ । जस अन्तर्गत प्रतियोगिताको विजेताले १ लाख ५० हजार, उप–विजेताले १ लाख र तेस्रो हुने टोलीले ५० हजार पुरस्कार पाउनेछन् ।

त्यस्तै प्रतियोगिताको विधागत उत्कृष्टतर्फ ‘शिवम् सिमेन्ट बेष्ट स्पाईकर’को उपाधिसहित नगद ५ हजारले १ खेलाडी पुरस्कृत हुनेछन् भने ‘शिवम् सिमेन्ट बेष्ट डिफेनस’ र ‘शिवम् सिमेन्ट बेष्ट ब्लकर’ को उपाधिले एक–एक खेलाडी जनहि पाँच हजारको दरले पुरस्कृत हुनेछन् । त्यस्तै आफ्नो टिमलाई च्याम्पियन बनाउन सफल प्रशिक्षकलाई ‘शिवम् सिमेन्ट बेष्ट कोच’ को उपाधिले सम्मान गरिने छ ।

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा वैशाख २१ देखि २५ सम्म सञ्चालन हुने चौंथो राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई तेश्रो संस्करणमा समेत सहयोग गरेको शिवम् सिमेन्ट लिमिटेडले सह–प्रायोजन गर्ने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !