२४ बैशाख २०८१, सोमबार

पाँचथर गोल्डकपमा न्यू स्टार फुटबल क्लब सुनसरी सेमिफाइनल प्रवेश


फुटबल

२८ चैत, पाँचथर । जावलाखेल युथ क्लब ललितपुरलाई पराजित गर्दै न्यू स्टार फुटबल क्लब सुनसरीले दोस्रो वाईवाई पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान पक्का गरेको छ ।

फिदिम माविको खेल मैदानमा मंगलबार सम्पन्न खेलमा ट्राइबेकरमा ४–२ गोल अन्तरको जित निकाल्दै सुनसरीले सेमिफाइनलमा स्थान पक्का गरेको हो । खेलको निर्धारित समयमा दुवै टिमले २–२ गोलको बराबरी खेलेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो ।

खेलको ३४ औँ र ८४ औँ मिनेटमा सुनसरिका हेमन्त थापामगरले गोल गरे । जावलाखेलका लागि डिजेब्रिलले ५१ औँ र ग्लोरीले ७० औँ मिनेटमा गोल गरे । निर्धारित समयमा बराबरीपछि टाइब्रेकरमा सुनसरीका हेमन्त थापामगर, निशान लिम्बू, सुरज सुनुवार र रमेश राजवंशीले गोल गरे ।

जावलाखेलबाट टंक कार्की र डिजेब्रिलको प्रहारले जाली चुम्दा सुशान्त श्रेष्ट र बिशाल तामाङको प्रहार सुनसरीका गोलकिपर विवश चौधरीले रोकिदिए ।विपक्षी खेलाडीलाई फल गरेपछि न्यू स्टार सुनसरीका जीवन धामी २२ औँ मिनेटमा रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि दबाबमा परेको सुनसरीले सम्हालिएको खेल खेल्दै जित दर्ता गरेको हो ।

खेलको म्यान अफ् द म्याच न्यू स्टार सुनसरीका गोलरक्षक विवश चौधरी भए उनले नगद ५ हजार प्राप्त गरे ।

प्रतियोगिता अन्तरगत बुधबार विजय युथ क्लब हेटौँडाले डिफेन्डिङ च्याम्पियन विर्ता युनाइटेड झापाको सामना गर्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !