२२ बैशाख २०८१, शनिबार

साझा यातायातको कोटेश्वर–धुलिखेल बस सेवा सुरु


साझा यातायात

२१ चैत, काठमाण्डौ ।  साझा यातायातले कोटेश्वर–धुलिखेल बस सेवा सुरु गरेको छ । सर्वसाधारणको मागअनुसार यातायात व्यवस्था विभागको स्वीकृतिमा सेवा सुरु गरिएको साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले बताए । साविकमा साँगा र सूर्यविनायक रुटमा चल्दै आएका साझाका १६ वटा बस धुलिखेलसम्म सञ्चालन गरिएको उनले जानकारी दिए ।

मयूर यातायातले केही महिनाअघिबाट उक्त रुटमा बस सेवा सञ्चालन गरेकोमा स्थानीय बस समितिको विरोधका कारण बुधबार बिहानैबाट भक्तपुर–काठमाडौं यातायात सेवा प्रभावित छ ।

साझा यातायातले रत्नपार्क–धुलिखेलको पनि रुट इजाजत लिने तयारी गरिरहेको अध्यक्ष दीक्षितले बताए । “सर्वसाधारणको मागलाई ध्यान दिँदै आजबाट सेवा सुरु गरेका हौं । रुट इजाजतका लागि विभागमा काम भइरहेको छ,”  उनले भने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !