२२ बैशाख २०८१, शनिबार

सिन्धुलीगढी मोर्चाको चेतावनी : ‘चिकित्सा विद्येयक खारेज नगरे आमरण अनशन बस्छौं’ 


Sinduligadhi

२१ चैत, काठमाण्डौ  । मिसन सिन्धुलीगढि राष्ट्रिय मोर्चा, नेपालले पूर्ववर्ती शेरबहादुर देउवा सरकारले संसदमा दर्ता गराएको चिकित्सा विद्येयक खारेज नगरे आमरण अनशनमा बस्ने चेतावनी दिएको छ ।

रिपोर्टर्स क्लब नेपालमा मिसन सिन्धुलीगढि राष्ट्रिय मोर्चा नेपालले पत्रकार सम्मेलन गरेर यस्तो चेतावनी दिएको हो ।

मोर्चाका अध्यक्ष विजय थापाले डा. गोविन्द केसीको अभियान नेपालमा शिक्षा र स्वास्थ्य क्षेत्रमा भैरहेको विकास र सुधारका प्रयासहरुमा अवरोध पु¥याउने खालको रहेको टिप्पणी गरेका छन् ।

उनले भने,‘चिकित्साशास्त्र अध्ययन गर्ने नेपाली विद्यार्थीहरुलाई जसरी पनि विदेश पठाउने देशी विदेश संस्था तथा व्यक्तिहरुको सुनियोजित षड्यन्त्रका आधारमा तत्कालिन शेर बहादुर देउवा सरकारले सम्मानित राष्ट्रपति ज्यूलाईृ अनावश्यक दबाब र धम्कीदिई जारी गरिएको राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७४ नेपालको संविधान, विश्वविद्यालयहरुका हाल कायम ऐन नियमहरुको विपरित रहेको छ, तत्कालिन संसदमा पेश भएको राष्ट्रिय चिकित्सा शिक्षा विद्येयक, २०७४ समेतको विपरित रहेको र समग्रमा मुलुक र जनताको अहित र विदेश दलालहरुको पक्षपोषण गर्ने निति बमोजिम जारी गरिएकोले उक्त राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७४ तत्काल खारेज गरियोस् यो हाम्रो पहिलो माग हो ।’

उनले भने,‘नेपालको समग्र चिकित्साशास्त्रको अध्ययन अध्यापनलाई नियमित र व्यवस्थित गर्नका लागि नेपाल मेडिकल विश्वविद्यालयको स्थापना गरियोस् । यस बमोजिम स्थापना गरिने विश्वविद्यालयले नै चिकित्साशास्त्र अध्ययन अध्यापन गर्ने गराउने संस्थाहरुलाई मनसायपत्र प्रदान गर्ने, सम्बन्धन प्रदान गर्ने, त्यस्ता संस्थाहरुको अनुगमन मूल्याकंन लगायत समग्र चिकित्साशास्त्रको अध्ययन अध्यापन सँग सम्बन्धी कार्य गर्ने जिम्मेवारी दिईयोस् ।’

अध्यक्ष थापाले अघि थपे,‘नेपाल सरकारले छुट्टै नेपाल मेडिकल विश्वविद्यालय स्थापना नगर्दा सम्म साविकको कानूनी व्यवस्था र प्रकृया बमोजिम मनसायपत्र प्राप्त गरी मापदण्ड बमोजिम भौतिक संरचना तयार गरेका मेडिकल कजेलहरुलाई तत्काल सम्बन्ध प्रदान गरी चिकित्साशास्त्र अध्ययन गर्ने नाममा विदेशी रहेको अरवौ नेपाली रकम तत्काल रोकियोस् ।’

नेपालको सबैभन्दा पुरानो र विश्वमा नै ख्याँती आर्जन गरेको त्रिभुवन विश्वविद्यालय अन्तर्गतको त्रि.वि.शिक्षण अस्पताल महाराजगंजलाई मुठ्ठीभर विदेशी दलालहरुले कठपुतलीमा परिणत गरिएको र नियमित पठनपाठन हुनै नदिने, विरामीको उपचारमा बाधा विरोध खडा गर्ने, अस्पताल क्षेत्रलाई नियमित अनसन स्थल बनाउने कार्य भैरहेको आरोप लगाए ।

अध्यक्ष थापाले डा. गोविन्द केसीलाई खुल्ला राजनीतिमा आउन समेत चुनौती दिएका छन् । उनले भने,‘अस्पतालमा अनशन बस्ने जनताको पशिनाबाट तलब खाने, यस्तो गैरजिम्मेवारीपूर्ण कार्यले कसैलाई फाईदा गर्दैन्, उहाँ विदेशीको दलाल बन्नुभएको छ, नेपालमा उत्पादन हुने चिकित्सकहरुलाई बाहिर पठाउने र यहाँ खाली बनाउने, नेपालको आर्थिक बाहिर पठाउने जस्तो गलत काम भईरहेको छ, यो डा. केसीकै कारण भएको हो ।’

त्यस्तै पत्रकार सम्मेलनमा मोर्चामा पूर्व अध्यक्ष गोविन्द बोहराले संसदमा दर्ता गरिएको चिकित्सा विद्येयक २०७४ खारेज गर्न सरकारसँग माग गरेका छन् ।

उनले भने,‘मुलुकमा स्थापित सबै शिक्षण अस्पताललाई नियगमन गरि सञ्चालन गर्न दिनुपर्छ, मापदण्ड पूरा गरेर निमार्ण भएका साधानहरुलाई उपभोगमा ल्याउनु पर्छ, केसीले उठाएका विषय वस्तुको बारेमा सरकारले एउटा विज्ञको समुह बनाओस्, त्यसले सत्य रिपोर्ट तयार पारोस् अनि जनतालाई स्पष्ट हुने ठाउँ फेला पर्छ।’

उनले अघि थपे,‘शिक्षण अस्पताल भित्र यस किसिमका गतिविधि तत्काल बन्दगरी सम्मानित सर्वाेच्च अदालतको आदेश बमोजिम शिक्षण अस्पताललाई तत्काल अनसन निषेधित क्षेत्र घोषण गरी कार्यान्वयन गराईयोस्, यो बिरामी उपचार गर्ने स्थल हो अनशन बस्ने ठाउँ होईन ।’

बोहराले भने,‘नेपालको मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रलाई अस्त व्यस्त र घरायसी बनाउने, चिकित्साशास्त्रको शिक्षा अध्ययन गर्ने आउने सोझा सिधा जनताका छोरा छोरीलाई भ्रम र गफलतमा पारी विदेशी विश्वविद्यालयमहरुमा नेपाली विद्यार्थी आपूर्ति गर्ने गराउने गलत उद्देश्यका लागि त्रिभुवन विश्वविद्यालय अन्तर्गतको त्रिवि शिक्षण अस्पताल महाराजंगलाई कथित अनसनका नाममा बन्धक बनाउने नियोजित प्रपन्चको न्यायिक छानविनका लागि निष्पक्ष छानविन आयोग गठन गरी त्यसमा संलग्नहरुलार्ई कारबाहि गरियोस् ।’

मोर्चाले जारी गरेको ज्ञापन पत्रमा भनिएको छ ‘त्रिभुवन विश्वविद्यालय अन्तर्गतको त्रि.वि. शिक्षण अस्पताल महाराजगंजलाई अनसनस्थल बनाउने, स्लाइनबाट खाना आपूर्तिको प्रबन्ध गरी कृतिम अनसनको बहानामा सम्मानित राष्ट्रपति देखि राज्यका सबै संयन्त्रलाई धम्क्याउने, विदेशी दलाल र कमिशनखोरहरुको इसारामा आफ्नो देशको जननिर्वाचित व्यवस्थापिका, नव निर्वाचित सरकार, र संविधान तथा कानूनबमोजिम स्थापित न्यायपालिका उपर तथानाम गालिगलौज गर्ने नर बहादुर के.सी को नाति उदय बहादुर के.सी को छोरा रामेछाप जिल्ला माकादुम ७ घर भई हाल त्रि.वि. शिक्षण अस्पताल महाराजगंज काठमाडाँैको व्लक ए ३ शिक्षक छात्राबासमा बसी कामै नगरी जनताको खुन पसिनाबाट तलब भक्ता खाने, जन्ममिति किर्ते गर्ने, विदेशी दलालको मतियार गोविन्द के.सी लाई तत्काल त्रि.वि. सेवाबाट पदमुक्त गरी निजले हालसम्म त्रि.वि. शिक्षण अस्पतालमा पु¥याएको हानी नोक्सानी बापत निजलाई कारवाहि गरियोस् ।

नेपालबाट चिकित्सा शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थी विदेश जाने पठाउने कार्य तत्काल बन्द गरी विदेशी विद्यार्थी नेपालमा अध्ययनका लागि आउने वातारण निर्माण गरियोस् । कमिसनका लागि नेपाली विद्यार्थीहरु विदेश पठाउने कार्यमा संलग्न नेम जस्ता दलाली संस्था तत्काल बन्द गरी विदेशी दलालको मतियार गोविन्द के.सी माथि छानविन गरि कारबाहि गरियोस् ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !