५ जेष्ठ २०८१, शनिबार

कैलालीमा बोक्सी आरोपमा युवतीमाथि कुटपिट गर्ने जेल चलान


२० चैत, कैलाली  । कैलालीको घोडाघोडी नगरपालिकामा बोक्सीको आरोपमा युवतीलाई कुटपिट गर्ने ६ जनालाई पूर्पक्षका लागि जेल चलान गरिएको छ  । घोडाघोडी नगरपालिका—५ देउकलिया गाउँकी राधा चौधरीमाथि बोक्सी आरोपमा कुटपिटको आरोपमा पक्राउ परेका उनीहरुलाई जेल चलान गरिएको हो । राधामाथी २४ फागुनमा कुटपिट भएको थियो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार रामबहादुर चौधरी, किस्मती चौधरी, स्मारिका चौधरी, वेदप्रसाद चौधरी, चनकला चौधरी र सीतारानी चौधरीलाई जिल्ला कारागार कैलालीमा राखिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !