२३ बैशाख २०८१, आइतबार

एसईई परीक्षार्थीलाई एनसेलको ‘पहिलो सिम’ योजना


२० चैत, काठमाण्डाै ।  एनसेल प्राईभेट लिमिटेडले २०७४ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भएका परीक्षार्थीहरुका लागि विषेश अफर ‘पहिलो सिम’ल्याएको छ ।

यो योजना अन्तर्गत परीक्षार्थीले मात्र एक रुपैयाँमा एनसेलको प्रिपेड सिमको खरिदसँगै सिमको पहिलो रिचार्जमा आईफ्लिक्स भिडियो स्ट्रिमिङ्ग र माइफाइभ सेवाको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ । परीक्षार्थीले विषेश तथा सुलभ डेटा प्याकसँगै हरेक रिचार्जमा बोनस डेटा र एसएमएसको लाभ लिन सक्नेछन् ।

यो अफर सोमबारदेखि लागू भएको पनि कम्पनीले जनाएको छ । एसईई परीक्षाका परीक्षार्थीले आफ्नो परीक्षा प्रवेश पत्र र आफ्नो आमाबाबुको नागरिकताको फोटोकपि बुझाई नजिकैको एनसेल सेन्टरबाट सिम लिन सक्नेछन् ।

यो योजना अन्र्तगत सिम खरीद गर्ने परीक्षार्थीले दैनिक ३ घण्टा बेलुका ११ बजेदेखि अर्को दिनको साँझ ५ बजेसम्म आईफ्लिक्समा रहेका सामाग्री निःशुल्क हेर्न सक्नेछन् । आईफ्लिक्स विश्वका विकासशील बजारहरुका लागि अग्रणी मनोरञ्जन सेवाप्रदायक हो । परीक्षार्थीले आईफ्लिक्समा रहेका कुनै पनि कार्यक्रम तथा भिडियो हेर्न सक्नेछन् ।

ग्राहकले एस्ट्रिक्स ५५४४ ह्यास डायल गरी प्राप्त निर्देशनअनुसार आफूले कुरा गर्न चाहेको एनसेल नम्बरलाई माइफाइभमा समुहमा राख्न सक्नेछन् । माइफाइभ सेवाको समुहमा ५ वटा नम्बर राखिसकेपछि त्यसमा रहेका कुनै नम्बर हटाई अर्को नम्बर समावेश गर्नुपर्ने भएमा प्रत्येक परिवर्तनको कर बाहेक ५ रुपैयाँ शुल्क लाग्ने पनि कम्पनीले जनाएको छ ।

साथै एक वर्षसम्म ५० रुपैयाँ वा त्योभन्दा बढिको हरेक रिचार्जमा एसईई परीक्षार्थीले १०० एमबि डेटा एकसय रुपैयाँ एसएमएस बोनस स्वरुप प्राप्त गर्नेछन् । बोनस स्वरुपप्राप्त डेटा तथा एसएमएस २४ घण्टाको लागि मान्य रहनेछ ।

यो योजना सुरु भएको दिनदेखि ९० दिनसम्मको लागि मान्य रहने एनसेलले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !