२० बैशाख २०८१, बिहिबार

त्रिशुली गल्छीमा चिनीयामा कम्पनीले लगानी गर्ने


China agreement

१५ चैत, काठमाण्डौ । सिद्धकाली पावर लिमिटेड कम्पनीले प्रबर्धन गरेको त्रिशुली गल्छी जलविद्युत आयोजनाको निर्माण चिनिया लगानीमा हुने भएको छ । बुधबार चिनको सिचुवान प्रान्तको राजधानी छेदुङ स्थित डोङफोङ इलेक्ट्रो कर्पोरेशन सिद्घकाली पावर लिमिटेडबीच लगानी सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको छ ।

नुवाकोट र धादिङ जिल्ला बीच निर्माण हुने ७५ मेगावाट क्षमताको उक्त जलविद्युत आयोजनाको निर्माण कार्य २०७५ साल श्रावणबाट सुरु भई ४२ महिना भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

१५ अर्व ५० करोड लागत भएको उक्त परियोजनामा चिनिया कम्पनीले ९ अर्ब ८३ करोड लगानी गर्नेछ भने बाकी रकम नेपाली लगानीकर्ता मार्फत संकलन गरी परियोजना निर्माण सम्पन्न गरिनेछ ।

चिनियाँ कम्पनीले गरेको लगानी परियोजना निर्माण सम्पन्न भई संचालनमा आएको २ वर्ष भित्र फिर्ता गरि सक्नु पर्नेछ यस आयोजना लक्ष्मी बैक लिमिटडको अगुवाईमा सम्पन्न हुने बताइएको छ ।

अपी पावर कम्पनीले निष्कासन गर्ने १ बराबर २ हकप्रद सेयरबाट संकलन हुने रकममध्ये १ अर्ब रुपैयाँ सिद्धकालीमा लगानी गर्ने घोषणा गरेको छ । यस्तै, आयोजना निर्माण हुना साथ स्थानीय तथा सर्वसाधारणलाई सेयर निष्कासन गर्ने बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !