१३ बैशाख २०८१, बिहिबार

रामेछापमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु, एक बालक घाइते


दुर्घटना

काठमाडौं । रामेछापमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । रामेछापको मन्थली नगरपालिका–६ हात्तीटारमा काठमाडौंबाट जाँदै गरेको प्रदेश ३–०१–०२३ च ३५१३ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको एक प्रहरीले जानकारी दिए।

प्रहरीका अनुसार दुर्घटनामा परी एक बालक घाइते भएका छन्। मृत्यु हुनेमा ओखलढुंगा श्रीतेम्बा गाउँपालिका–६ का अन्दाजी ३४ वर्षीय लाक्पा शेर्पा, उनकी श्रीमती अन्दाजी ३१ वर्षीया फुर्वा शेर्पा र गाडी धनी अन्दाजप् ३५ वर्षीय वाङछे शेर्पा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !