१४ बैशाख २०८१, शुक्रबार

कांग्रेस संसदीय दलको नेताको लागि आज चुनाव


५ चैत, रूपन्देही । नेपाली कांग्रेस पाँच नम्बर प्रदेशको संसदीय दलको नेता चयनका लागि सोमबार चुनाव हुँदैछ । दिउँसो ३ बजे सम्म उम्मेदवारी फिर्ताको समय तोकिएको र साढे ३ बजेपछि चुनावी प्रक्रिया सुरु हुने निर्वाचन समितिका संयोजक डाक्टर बुद्धबहादुर थापाले जानकारी दिनुभयो ।
संसदीय दलको नेताका लागि बलदेब शर्मा पोखरेल, डिल्ली चौधरी, विरबहादुर राना, विरेन्द्र कनौडिया र फकरद्धिन खानले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
सर्वसहमति रुपमा नेता चयन गर्ने प्रयास गरिएपनि नेताहरुबीच सहमति हुन नसकेपछि चुनाव हुन लागेको हो । प्रदेश नम्बर पाँचमा कांग्रेसका १९ जना सांसद रहेका छन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !