लागूऔषध ओसारपसार आरोपमा १५१ पक्राउ, ९९ मुद्दा दर्ता Nepalpatra लागूऔषध ओसारपसार आरोपमा १५१ पक्राउ, ९९ मुद्दा दर्ता
१२ श्रावण २०७८, मंगलबार

लागूऔषध ओसारपसार आरोपमा १५१ पक्राउ, ९९ मुद्दा दर्ता


लागूऔषध ओसार पसार

टिस्टुङ । आर्थिक वर्ष २०७७/७८ मा लागुऔषध ओसारपसारमा संलग्न भएको आरोपमा मकवानपुरमा १५१ जना पक्राउ परेका छन् । तीमध्ये १३९ नेपाली पुरुष, नौ नेपाली महिला र तीन भारतीय पुरुष छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार असार महिनामा ३६, चैतमा २२, जेठमा १५, पुसमा १४, फागुनमा १३ र कात्तिकमा १० जना पक्राउ परेका र सो अभियोगमा ९९ वटा मुद्दा दर्ता गरिएकोे थियो ।

एक वर्षभित्र एक हजार ७९० किलो गाँजा, साढे २३ किलो चरेस, १४ ग्राम खैरो हिरोइन र १४ किलो ७५० ग्राम अफिम बरामद गरिएको प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभयो ।

त्यसैगरी सात हजार ३४७ ट्याब्लेट नाइट्रोभेट, ३०९ ट्याब्लेट डाइजेपाम, २९९ ट्याब्लेट फेनारगन र ३०७ ट्याब्लेट नोर्फिन बरामद गरिएको उहाँले बताउनुभयो । प्रहरीले २९६ बोतल कोरेक्ससमेत बरामद गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !