५ जेष्ठ २०८१, शनिबार

तिलोत्तमा गोल्डकपमा नेपाल पुलिस फाइनल प्रवेश


१ चैत , रुपन्देही । नेपाल पुलिस क्लव २० औं तिलोत्तमा गोल्डकप फुटवलको फाइनलमा पुगेको छ । बुधबार भएको खेलमा आयोजक रुपन्देही ११ लाई सडन डेथमा ४–३ ले हराउँदै पुलिस उपाधि नजिक पुगेको हो ।

एन्फा टेक्निकल सेन्टरको मैदान देविनगरमा भएको खेल निर्धारित समयमा गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टीमा पुगेको थियो । पेनाल्टीमा पनि ३–३ को बराबरी भएपछि सडन डेथमा पुगेको खेलमा पुलिस विजयी भएको हो ।

अाज दोस्रो सेमिफाइनलमा मनाङ मर्स्याङदी क्लव र थ्रीस्टार क्लवविच खेल हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !