१२ आश्विन २०८१, शनिबार

तिलोत्तमा गोल्डकपमा आज पुलिस र एपिएफ भिड्दै


Nepal police Fc

२७ फागुन, भैरहवा । रूपन्देहीमा जारी २० औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगितामा आज दुई विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीकोको एपिएफ क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल बुटवलको देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा दिउँसो ३ बजेपछि सुरू हुनेछ ।

यो सिजन पुलिसले ३ र एपिएफले १ उपाधि जितेका छन् । झापामा जारी मोफसलकै सर्वाधिक पुरस्कार राशिको तेस्रो झापा गोल्डकपमा यी दुवै टोली पराजित हुँदै प्रतियोगिताबाट बाहिरिसकेका छन् । पुलिसलाई अर्को विभागीय टोली आर्मीले हराएको थियो भने एपिएफलाई थ्री स्टार क्लबले स्तब्ध पारेको हो ।

यसअघि शनिबार भएको खेलमा नवलपरासी ११ लाई ३–१ ले हराउँदै आयोजक लाली रूपन्देही ११ सेमिफाइनलमा प्रवेश गरेको छ ।

चैत्त ३ गतेसम्म चल्ने गोल्डकपमा ‘ए’ डिभिजनका ७ सहित १० टोली सहभागी छन्। प्रतियोगिताका विजेता टोलीले ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ पुरस्कार पाउनेछ  । उपविजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैयाँ प्राप्त गर्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !