१२ जेष्ठ २०८१, शनिबार

कान्तिपुरको अवहेलना मुद्दामा आज बहस हुँदै


सर्वोच्च अदालत

२० फागुन, काठमाण्डौ । कान्तिपुरको अवहेलना मुद्दा न्यायाधीशद्वय डम्बरबहादुर शाही र बमकुमार श्रेष्ठको इजलासमा तोकिएको छ । कान्तिपुर दैनिकका सञ्चालक बयान दिन शुक्रबार सर्वोच्च अदालत गएपनि समय अभावका कारण मुद्दा आजको लागि सारिएको थियो ।

प्रधानन्यायाधीश गोपाल पराजुलीका चार जन्ममिति लगायतका समाचारले अदालतको अवहेलना भएको भन्दै मुद्दा परेको थियो । सोही मुद्दामा सुनुवाइ गर्दै उनकै इजलासले एकहप्ता अघि कान्तिपुरलाई बयानका लागि बोलाएको थियो ।

अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता तोयानाथ ढुंगानाले प्रधानन्यायाधीश विरुद्ध समाचार लेखेर कान्तिपुरले अदालतकै अवहेलना गरेको भन्दै कान्तिपुर पब्लिकेशन, कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहिया, प्रबन्ध निर्देशक स्वस्तिका सिरोहिया, प्रधानसम्पादक सुधीर शर्मा र समाचार लेख्ने संवाददाता कृष्ण ज्ञावली विरुद्ध मुद्दा हालेका हुन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !