१२ जेष्ठ २०८१, शनिबार

भोली टुँडिखेलमा धम्मपद वाचन हुँदै


Dhampad bachan

१८ फागुन, काठमाण्डौ । गौतम ‘बुद्ध नेपालमा जन्मिएका हुन’ भन्ने यथार्थलाई प्रष्ट पार्न भोलि काठमाण्डौको टुँडिखेलमा ७५ हजार मानिसको उपस्थितिमा धम्मपद वाचन कार्यक्रम हुने भएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले धम्पदमा समावेश श्लोक वाचन गरेर उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

रिपोर्टस क्लब नेपालद्वारा आयोजित कार्यक्रममा पूर्वमन्त्री एवम् नेकपा एमालेका नेता आनन्द पोखरेलले बुद्धका बारेमा फिजाईएका भ्रमहरुलाई मेट्नको लागि ७५ हजार मानिसले एउटै स्वरमा बुद्ध श्लोक वाचन गरेर विश्वलाई सुनाईने बताए  ।

उक्त कार्यक्रमका सद्भावना दुत डा.भोला रिजालले विश्वमा शान्ति र अहिंसाको सन्देश फैलाएका बुद्ध नेपालमा जन्मेको भन्नेबारे कुनैपनि भ्रम नरहेको बताउँदै यो अभियानले यथार्थलाई प्रष्ट पार्न सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।

बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उपस्थितिको लागि समय छुट्याईएको छ । १४ वर्ष माथिका व्यक्तिले सहभागिता जनाउन सक्नेछन् ।

विश्व किर्तिमानी परिषद नेपालको आयोजनामा फागनु १९ गते राजधानीको टुँडिखेलमा ७५ हजार मानिस जम्मा भएर एउटै स्वरमा ‘बुद्ध नेपालमा जन्मिएका हुन’ भन्ने वचन वाचन गरेर गौतम बुद्ध नेपालमा जन्मेका हुने भन्ने तथ्य संसारसामु चिनाउने कार्यक्रमको आयोजना गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !