२३ बैशाख २०८१, आइतबार

काठमाडौंमा सुरक्षा व्यवस्था कडा


traffic-checking

१७ फागुन, काठमाण्डौ । होलीलाई लक्षित गरी काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ । होलीमा आपराधिक गतिविधि हुन नदिन बिहीबार १५ सय थप प्रहरी परिचालन गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका वरिष्ठ उपरीक्षक विश्वराज पोख्रेलले जानकारी दिनुभयो ।

बिहीबार काठमाडौंमा १ सय ६ वटा प्रहरी टोली परिचालन गरिएको उहाँले बताउनुभयो । कतै आपराधिक क्रियाकलाप भएमा तत्कालै कारवाहीका लागि २० वटा टोली तयार अवस्थामा रहेको पनि प्रहरीको भनाई छ ।

जथाभावी लोला हान्ने तथा रंग दल्नेलाई २५ हजार रुपैयाँ जरिवाना हुने गरी सार्वजनिक अपराधमा मुद्दा चलाउने प्रहरीको तयारी छ । ललितपुर र भक्तपुरमा पनि बिहानैदेखि धेरै प्रहरी परिचालन गरिएको छ ।

यस्तै, प्रहरीले ट्राफिक नियमविपरित गाडी चलाउनेलाई तत्काल कारवाही गर्ने तयारी पनि गरेको छ । जाँडरक्सी खाएर सवारीसाधन चलाएको, अनुहार नचिनिने गरी रंग लगाएको, हेलमेट नलगाई मोटरसाइकल चलाउनेलगायत ट्राफिक नियम उल्लंघन गरेको पाइए कारवाही गर्ने महानगरिय ट्राफिक प्रहरीले जनाएको छ ।
त्यसको लागि बिहानैदेखि चोकचोकमा ट्रफिक प्रहरीले जाँच गरिरहेका छन् । काठमाडौं उपत्यकासहितका पहाडी जिल्लामा आज होली मनाइँदै छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !