८ जेष्ठ २०८१, मंगलबार

नेपाल टेलिकमद्वारा बाग्मती सफाई अभियान


बागमती सफाई

२० माघ , काठमाण्डौ । १४ औं वाषिर्कोत्सवको उपलक्ष्यमा नेपाल टेलिकमले बाग्मती सफाई अभियानमा सहभागी भएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत सफाई अभियानमा सरीक भएको टेलिकमले उक्त उपलक्ष्यमा सफाई अभियानमा प्रयोग हुने विभिन्न सामग्रीसमेत सम्बन्धित निकायलाई उपलब्ध गराएको जनाएको छ ।

बाग्मती सफाईको २४७ औँ साताको अभियानमा सहभागी भएर टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष नरेन्द्रराज बस्नेतलाई बागमती सफाइ कार्यमा प्रयोग हुने विभिन्न सामग्रीहरु हस्तान्तरण गरिन् । उनले अभियानमा नियमित संलग्न हुने अभियन्ताहरूका लागि एक सय जोर ट्रयाक सुट, ३ सय जोर गमबुट, तीन सय जोर ठूलो पञ्जा, ५० वटा फलामे सुइरो, ५० वटा थुन्से र पाँच सय वटा भन्दा बढी मास्क हस्तान्तरण गरिन् । टेलिकमले सोमवार आफ्नो १४औं वाषिर्कोत्सव मनाउँदै छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !